लेनदेनकाे विषयलाई लिएर गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार

Symbolic photo
Symbolic photo

काठमाडाैँकाे गाैशाला (तिलगंगा)मा एक व्यक्तिमाथि चक्कु प्रहार भएकाे छ।

साेमबार बिहान ११ : ५५ मा बाराकाे कलैया– ११ घर भई काेटेश्वरमा बस्दै आएका अन्दाजी ३८ वर्षीय सविर हुसेनमाथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेकाे काठमाडाैँ उपत्यका प्रहरी कार्यालय रानीपाेखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

चक्कु प्रहारबाट घाइते हुसेनकाे अहिले काठमाडाैँ मेडिकल कलेजमा उपचार भइरहेकाे छ। उनकाे दाहिने तीघ्रा र ढाडमा चाेट लागेकाे छ।

चुक्कु प्रहार गर्ने व्यक्ति फरार रहेका छन्। उनकाे तीव्र खाेजी कार्य भइरहेकाे मैनालीले बताए।

प्रहरीले घटनास्थलबाट एक थान कटुवा पेस्ताेल र एक थान गाेली बरामद गरेकाे छ।

आपसी लेनदेनकाे विषयलाई लिएर आफूमाथि चक्कु प्रहार भएकाे घाइते हुसेनले बताएकाे मैनालीले जानकारी दिए। ‘हुसेनले बताएअनुसार चक्कु प्रहार गर्ने व्यक्तिसँग आपसी लेनदेनकाे विषयमा विवाद रहिछ,’ मैनालीले भने।

हुसेनले गैशालामा डायग्नोस्टिक सेन्टर सन्चालन गर्दै आएका थिए।

।यस समाचारमा यसअघि चक्कु प्रहार हुनुपर्नेमा अन्यथा भएकाे सच्चाइएकाे छ। सम्पादक।

प्रकाशित मिति: : 2023-10-02 12:14:00

प्रतिकृया दिनुहोस्