विवेक ओझाको ‘ऐँठन’लाई मदन पुरस्कार

विवेक ओझाकाे उपन्यास ‘ऐँठन’ २०७९ सालको मदन पुरस्कार विजेता बनेकाे छ।

आज (आइतबार) बसेको मदन पुरस्कार गुठीको बैठकले यो निर्णय गरेको हो।

पुस्तकमा केही दशकअघि नेपालीले भोगेको द्वन्द्वको अकल्पनीय वर्णन गरिएकाे छ।

यसैगरी, २०७९ सालको जगदम्बा-श्री कलाकार टेकवीर मुखियालाई दिने घोषणा गरिएको छ । 

मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्ने दुवै पुरस्कारको राशी चार लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: : 2023-10-01 11:27:00

प्रतिकृया दिनुहोस्