सर्वोत्कृष्ट रेकर्डिस्ट अवार्ड गोविन्दलाई

गीत रेकर्डिस्ट गोविन्द अनेकनले सर्वोत्कृष्ट रकर्डिस्ट अवार्ड प्राप्त गरेका छन्।

काठमाडौँमा आयोजित आठौँ संस्करणको ‘राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड–२०८०’ अन्तर्गत सर्वोत्कृष्ट रेकर्डिस्टको अवार्ड उनले प्राप्त गरेका हुन्।

उनले प्रिज्म स्टुडियो सञ्चालन गरेका छन्। अनेकनले रेकर्डिङ गरेका गीतहरू चलचित्र ए मेरो हजुर–४ मा समावेश रहेको गीत ‘फूलको थुङ्गा’, ‘कुरा बुझ्नुपर्छ’, ‘दमाई महाराज’, ‘लाउन्न दाजै पिरती’, ‘जाम भो माइली’ ‘रमरम मरौटी’, ‘मन परेको मान्छे’ ‘जाले रुमाल फाट्यो’लगायत हुन्।

प्यूठानका अनेकन रेकर्डिङ सँगसँगै गीत सृजना, संगीत, संयोजन र गायनमा पनि छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा अवार्ड वितरण भएको हो।

प्रकाशित मिति: : 2023-09-30 13:50:00

प्रतिकृया दिनुहोस्