डिल्ली पाण्डे
हुन त उनी मध्यपूर्वको युएईमा जमेका नेपाली व्यवसायी हुन्। तर, संसारका जहाँ पनि नेपालीलाई आपत विपदले छुन्छ, सबको सम्झनामा झ्वाट्ट आउने एउटा नाम हो- ठाकुर ढुङ्गाना।
खाडी देशमा व्यवसाय र समाजसेवासँग आफूलाई सँगसँगै डोर्याइरहेका ठाकुर स्थापित पर्यटन व्यवसाय हुन्। नेपाल र खाडीलगायत अरु पनि देशको पर्यटन क्षेत्रमा उनको धेरै लगानी पनि छ।
एक दशक लामो एनआरएनए (गैरआवासीय नेपाली संघ)को अभियानमा बिताइसकेका ढुङ्गाना यो संगठनभित्र पनि परिचित नाम हो।
सन् २०२१ देखि यो विश्वव्यापी नेपाली अभियानमा जोडिएका ढुङ्गाना हाल युएई एनसिसीका सल्लाहकार पनि हुन्। जो यसअघि त्यहाँका अध्यक्ष थिए।
सन् २०१७ - १९ र १९-२१ मा आइसिसी सदस्य रहेर काम गरिसकेका ढुंगानाले २०१७-१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भव:’ अभियानको समेत नेतृत्व गरेका थिए। त्यसले पनि उनको परिचय थप उचाइमा पुग्यो।
नेपालको धादिङको नीलकण्ठ- ५ खाल्टे उनको पुर्ख्यौली थलो हो।
यो गाउँबाट विश्वको एक प्रमुख व्यावसायिक भूमिमा आफूलाई स्थापित गरेका ढुङ्गाना आफूलाई सधैं नेपालीको दु:ख-सुखको सारथी ठान्छन्।
‘केही गर्न भनेर विदेशी भूमिमा आएको हुँ। तर, नेपाली भनेको नेपाली नै हो’ उनी भन्छन् ‘एक पटकको नेपाली सधैंको नेपाली भन्ने त हाम्रो मूलमन्त्र नै हो। जुन दिनदेखि यो अभियानमा जोडिएँ मैले नेपाल र नेपालीका लागि जहाँ भए पनि उत्तिकै समर्पित भएर काम गर्दै आएको छु।’
विदेशी भूमिमा आफ्नो श्रम र पसिना बगाइरहेका नेपाली होस् वा व्यवसायमा आफूलाई स्थापित गर्न खोजेका उनी हरपल त्यहाँ पुग्छन् जहाँ नेपाल र नेपाली पहिचान जोडिएको हुन्।
आर्थिक व्यवस्थापन, श्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखासम्बन्धी विषयमा गहिरो अध्ययन र ज्ञानमा आफूलाई सधैं लगाइरहने ढुङ्गाना आफू र आफ्नो मातृभूमिका लागि सदैव आफूलाई समर्पित गराउँछन्।
जब देश अनि विदेशको भूमिमा आपत बिपतका कुरा आउँछन् अनि विदेशी भूमिमा कुनै पनि नेपालीले दु:ख पाएको खबर आउँछ त्यो बेला सबैभन्दा पहिला सबैले जप्ने भनेकै ठाकुर ढुंगानाको नाम हो।
हुन त उनी व्यवसायी हुन् तर पनि उनलाई समाज सेवाको भावले कहिल्यै छोडेन, त्यो पनि नेपाली पहिचान जोडिएको ठाउँमा।
आफ्नो ब्यापार-व्यवसायको नाफा घाटा नहेरी उनी समाजसेवामा तल्लीन हुन्छन्।
गैरआवासीय नेपाली अभियानमा गाँसिएर दशकौं काम गरिसकेका ढुङ्गाना यतिबेला त्यही अभियानमा गाँसिइराख्न अनि आफूलाई मातृभूमिप्रति समर्पित गर्न थप पहिचान बनाउन चाहिरहेका छन्।
केही दिनमै हुने एनआरएनएको नेतृत्व चयनको दौडमा ढुङ्गानाले आफूलाई कोषाध्यक्ष पदमा उभ्याएका छन्।
‘युरोप अस्ट्रेलिया-अमेरिका डायस्पोराका आवश्यकता, गैरआवासीय नागरिकता र नेपालको विकासमा गैरआवासीय नेपालीको भूमिका’को नारा लिएर यसपालि ढुङ्गाना निर्णायक पदमा आफूलाई उभ्याउन चाहिरहेका छन्।
‘संस्था आफ्नो ठाउँमा छ। हामीले काम गर्ने भनेको विश्वभरि छरिएका नेपाली र नेपालका लागि हो’ उन भन्छन् ‘यही अभियानमा दशक बिताइसकेका छौं। हामीसँग स्पस्ट भिजन छ। काम गर्ने उत्साह र उमंग छ। त्यसैलाई हामीले देशको समग्र विकासमा लगाउन चाहन्छौं।’
आगामी महिना हुने एनआरएनएको महाधिवेशनमा ढुङ्गानाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषाणा गरिसकेका छन्।
उनको यो उम्मेदवारीलाई सिङ्गो मध्यपूर्वले स्वागत गरेको छ। संस्थालाई चलाउन सक्ने प्रशस्त अनुभव र केही गर्ने हुटहुटी बोकेका ढुङ्गानालाई जिम्मेवारी दिन यतिबेला सिङ्गो मध्यपूर्व पनि एक छ।
‘मसँग स्पस्ट भिजन छ। गैरआवासीय नेपाली र नेपालका लागि म लड्दै आएको दशक भइसकेको छ’ उनी भन्छन् ‘अब देशलाई कसरी समृद्धिको बाटोमा अघि बढाउने भन्ने भिजनलाई कार्यान्वयन गर्नका लागि मेरो उम्मेदवारी हो।’
संस्थामा देखिएका हरेक विवाद अनि समस्यादेखि विश्वभरका नेपालीलाई एउटै छातामा गाँसिराख्न ढुङ्गानाले निभाएको भूमिकालाई विश्वभरिका नेपालीले स्वीकार गरिसकेको उनको विश्वास छ।
‘आइएलओको अनुदान विवाद होस् वा अरु कुनै समस्या। संस्था, देश अनि नेपालीका लागि म जहिल्यै लड्दै आएको छु’ उनी भन्छन् ‘गर्नुपर्ने कामहरू धेरै छन्। कतिपय सुरुवात गर्दागर्दै अधुरा छन्। तीनलाई पूरा गर्नका लागि मैले निर्णायक पदमा आफूलाई लैजाने निर्णय लिएको हुँ।’
ढुङ्गाना मध्यपूर्वमा सर्वमान्य एनआरएनए अभियान्ताको रुपमा स्वीकारिएका व्यक्ति पनि हुन्।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया