लालुप्रसाद यादवका छाेरा तेजस्वी काठमाडाैंमा

भारतीय राज्य बिहारका उपमुख्यमन्त्री तेजस्वीप्रसाद यादव काठमाडौं आइपुगेका छन्।

भारतीय राष्ट्रिय जनता दलका नेता उनी पत्नी राचेल आइरिस गोडिन्हो र छाेराछाेरीसहित काठमाडौं र पोखरा घुम्नका लागि आएका हुन्।

उपमुख्यमन्त्री यादव एअर इण्डियाको उडान नम्बर एआई २१३ मा मंगलबार बिहान नयाँ दिल्ली हुँदै काठमाडाैं आएकाे अधिकारीहरूले जनाएका छन्।

बिहिबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेर उनीहरू दिउँसाे पोखरा जाने छन्।

उपमुख्यमन्त्री यादव भारतीय राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवका कान्छा छाेरा हुन्।

प्रकाशित मिति: : 2023-09-26 19:14:00

प्रतिकृया दिनुहोस्