डाक्टरहरू कुटिएपछि माओवादीका स्वास्थ्य विभाग सदस्यले दिए राजीनामा

अस्पतालमा कार्यरत डाक्टरहरू कुटिएकाे विषयमा असन्तुष्टि जनाउँदै माओवादीका स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले राजीनामा दिएका छन्। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सम्बोधन गर्दै काेइरालाले विज्ञप्तिमार्फत् चिकित्सकमाथि कुटपिट गर्नेलाई कडा कारबाही नगरेसम्मका पार्टीको काममा नफर्किने चेतावनी दिएका छन्।

कोइरालाले आफ्नाे पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत डाक्टरहरूले पिटाइ खानुपरेको, प्रहरी प्रशासनले उल्टै गुण्डागर्दीमा उत्रिएकालाई जोगाउन खोजेको आरोप लगाएका छन्।

यस्तो छ कोइरालाको राजीनामा पत्र—

प्रकाशित मिति: : 2023-09-26 18:28:00

प्रतिकृया दिनुहोस्