सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, एक जना गम्भिर घाइते भएकाे छ।
कपुरकोट गाउँपालिका-३ स्थित चोरखोला नजिकै सोमबार बिहान सवा ६ बजेतिर जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
तरकारी बाेकेर राेल्पाबाट दाङ तर्फ आँउदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब ३५० मिटर तल खसेकाे हाे। मृतकको सनाखत हुन सकेको छैन।