बिएल संवाददाता
दाङमा खुकुरी प्रहार गरी एक महिलाको हत्या गरिएको छ। तुलसीपुर उपमहानगरपालिका– ११ बेलटाकुराको भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछानेको हत्या भएको हो।
शनिबार दिउँसो साढे २ बजे भगवती टोलकै ३९ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी लामिछानेको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए।
हमालले घरबाट धारिलो खुकुरी ल्याएर लामिछानेलाई उनकै घर अगाडि एक्कासी घाँटीमा प्रहार गरेका थिए। लामिछानेको घटना स्थलमै मृत्यु भएको केसीले बताए।
यस्तै खुकुरी प्रहारबाट सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीया कमलाकुमारी हमाल घााइते भएका छन्। उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
दुवै जनाको अवस्था मध्यम रहेको छ। खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ।
घटनाको बारेमा थप विवरण आउँदैछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया