दाङमा खुकुरी प्रहार गरी महिलाको हत्या 

photo: tulsipuronline
photo: tulsipuronline

दाङमा खुकुरी प्रहार गरी एक महिलाको हत्या गरिएको छ। तुलसीपुर उपमहानगरपालिका– ११ बेलटाकुराको भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछानेको हत्या भएको हो।

शनिबार दिउँसो साढे २ बजे भगवती टोलकै ३९ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी लामिछानेको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए।

हमालले घरबाट धारिलो खुकुरी ल्याएर लामिछानेलाई उनकै घर अगाडि एक्कासी घाँटीमा प्रहार गरेका थिए। लामिछानेको घटना स्थलमै मृत्यु भएको केसीले बताए।

यस्तै खुकुरी प्रहारबाट सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीया कमलाकुमारी हमाल घााइते भएका छन्। उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

दुवै जनाको अवस्था मध्यम रहेको छ। खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ।

घटनाको बारेमा थप विवरण आउँदैछ।

प्रकाशित मिति: : 2023-09-23 15:58:00

प्रतिकृया दिनुहोस्