साफ यू-१९ः बंगलादेशलाई हराउँदै भारतको विजयी सुरुवात

Photo - ANFA
Photo - ANFA

नेपालमा आजबाट सुरु भएको साफ यू-१९ फुटबलमा भारतले विजयी सुरुवात गरेको छ।

उपाधि दाबेदारी टोलीको रुपमा हेरिएको भारतले बंगलादेशलाई ३-० गोलअन्तरले पराजित गरेको हो।

भारतको जितमा खेलको पहिलो मिनेटमा ग्वासमर गोरे र पहिलो हाफको इन्जुरि समयमा नाओबा मेइती र दोस्रो हाफको अन्तिम मिनेटमा अर्जुन सिंहले समान १-१ गोल गरे।

प्रतिस्पर्धात्मक बनेको खेलको अधिकांश समय बल आफ्नो पक्षमा राखे पनि बंगलादेशले गोल भने गर्न सकेन।

यो जितसंगै समूह बीमा रहेको भारतले ३ अंक बटुल्दै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ।

भारतले दोस्रो खेल भुटानसंग खेल्नेछ।

प्रकाशित मिति: : 2023-09-21 15:35:00

प्रतिकृया दिनुहोस्