चर्काे घाम, चर्का शिक्षकहरु (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं
BreaknLinks
BreaknLinks

सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले आज पनि प्रदर्शन गरेका छन्। सरकारले आफ्ना माग सम्बोधन गर्न नसक्ने भन्दै शिक्षक महासङ्घकाे आह्वानमा आज दाेस्राे दिन पनि काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन भएकाे हो।

देशभरबाट आएका शिक्षक र विद्यालय कर्मचारीको धर्नामा संलग्नता छ। महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ।

उनीहरूले सरकार र महासङ्घबीच २०७५ फागुन ९ गते र २०७८ फागुन ९ गते भएका सम्झौताहरुलाई विधेयकले यथोचित सम्बोधन नगरेको गुनासो गरेका छन्। सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो।

प्रकाशित मिति: : 2023-09-21 12:52:00

प्रतिकृया दिनुहोस्