साफ यु- १९ च्याम्पियनसिपको उद्घाटन खेलमा आज भारत र बङ्गलादेश तथा नेपाल र पाकिस्तान भिड्दै छन्।
बिहिबार दिउँसाे १:३० बजे दशरथ रगशालमा भारत र बङ्गलादेश आमने-सामने हुनेछन्, भने बेलुका ५:३० मा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।
६ राष्ट्रको सहभागीता रहेको उक्त प्रतियोगितमा नेपाल, पाकिस्तान र माल्दिभ्स समूह 'ए'मा छन्, भने समूह 'बी'मा भारत र बङ्गलादेश रहेका छन्।
साफ यु-१९ च्याम्पियनसिप खेल्ने नेपाली टोली:
गोलकिपर: जियारथ सेख, रुविन बोगटी, अमित टमाटा
रक्षक: सिमान्त थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुगा तिम्सिना, आश्विन घोरासैनी, दिपक थापा मगर, निनसाङ पाराङदेन लिम्बु,गौरव महर्जन
मिडफिल्डर: कुशल देउवा, लछ्छु थापा, प्रशान्त लक्सम, अविनाश स्याङतान, अनिल बोम्जन, धनसिंह बिक, हरिषराज भट्ट, नेल्सन तामाङ
फरवाडर: समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकारी