इरानसँग पराजित भएसँगै नेपाली राष्ट्रिय पुरुष भलिबल टोली एसियन गेम्सको समूह चरणबाटै बाहिरिएको छ।
बुधबार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल बाहिरिएको हो। पहिलो सेटमा २५-९ गुमाएको नेपालले दोस्रो सेटमा २५-१४ र २५-१३ को सेटमा पराजित भयो।
नेपालको यो लगातार दोस्रो हार हो। यसअघि नेपाल मगंलबार बहराइनसँग पराजित भएको थियो। नेपालले यसपटक एसियाडमा पाँचाै पटक सहभागिता जनाएको हो।