भारतले जित्यो एसिया कपको उपाधि

एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारत एसिया कपको आठ पटको च्याम्पियन बनेको छ।

आइतबार श्रीलंकाको आर प्रेमदासा स्टेडियममा भएको खेलमा भारत श्रीलंकासँग १० विकेटले विजयी भएको हो। टस जितेर पहिला  ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ५० रन बनायो।

सोही रन पछाएको भारतले ६.१   ओभरमा लक्ष्य पूरा गरयो। भारतको लागि इशन किशनले  २२  रन बनाए भने शुभभ गिलल २९े बलमा १७ रन बनाए। शुभभ र इशन नटआउट रहे।

त्यसअघि ब्याटिङ गरेको श्रीलंको लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए। उनीहरु बाहेक अन्यले दोहोरो अंक जोडन सकेनन्। श्रीलंकका ओपनर कुशल परेरा शून्य रन बनाएर आउट भएका थिए भने अर्का ओपनर पाथुम निसंका २ रन बनाएर आउट हुन पुगेका थिए।

भारतको लागि सिराज एक्लैले ६ विकेट लिएका थिए भने हार्दिक पाण्ड्याले तीन तथा जसप्रित बुमराहले एक विकेट लिए। ६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए।

प्रकाशित मिति: : 2023-09-17 18:24:00

प्रतिकृया दिनुहोस्