एसिया कपको च्याम्पियन बन्न भारतलाई ५१ रनको लक्ष्य

एसिया कपको जारी फाइनल खेलमा श्रीलंकाले भारतलाई ५१ रनको लक्ष्य दिएको छ।

आइतबार आर प्रेमदासा स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले १५.२ ओभरमा ५० रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो।श्रीलंकका ओपनर कुशल परेरा पहिलो ओभरको तेस्रो बलमै शून्य रन बनाएर आउट भए। त्यस्तै, श्रीलंकका अर्का ओपनर पाथुम निसंका २ रन बनाएर मोहम्मद शिराजको चौथो ओभरको पहिलो बलमा रविन्द्र जडेजा क्याच आउट भए।

सोही ओभरको अर्का बलमा श्रीलंकाले तेस्रो विकेट गुमाउन पुग्यो। श्रीलंकका सदिरा समराविक्रमालाई शिराजले एलबीडब्लू आउट गरे भने चरिथ असलंका ईशान किशनबाट आउट हुन पुगे। त्यस्तै, श्रीलंका धनन्जय डि सिल्भाले विकेटकिपरबाट क्याच आउट भए।

यता, शिराजले नै छैटौं ओभरको चौथो बलमा कप्तान दासुन शानकालाई बोल्ड आउट गरे। श्रीलंकाको लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए।

यता, भारतको लागि  फासिराज एक्लैले ६ विकेट लिए भने हार्दिक पाण्ड्याले तीन तथा जसप्रित बुमराहले एक विकेट लिए।

प्रकाशित मिति: : 2023-09-17 17:34:00

प्रतिकृया दिनुहोस्