नयाँ पत्रिका दैनिक
संविधानसभाका अध्यक्ष, पूर्वसभामुख र एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई व्यक्तिगत रूपमा एकजना सहयोद्धाका हिसाबले कसरी स्मरण गर्नुहुन्छ ?
सुवास नेम्वाङले नेपालको राष्ट्रिय राजनीति र पार्टी राजनीतिमा जुन भूमिका निर्वाह गरेर आउनुभयो, कामका दौरानमा उहाँसँग अत्यन्त घनिष्ठ, हार्दिक र जीवन्त सम्बन्ध बन्न पुग्यो । उहाँको निधनबाट मैले व्यक्तिगत रूपमा अत्यन्त गहिरो पीडाबोध गरेको छु । व्यक्तिगत रूपमा उहाँ मेरो अत्यन्त घनिष्ठ मित्र, सहृदयी कमरेड, सुखदुःखका कुनै पनि र राष्ट्रिय राजनीतिको विषयमा जीवन्त ढंगले छलफल गर्न सकिने, गहकिला सल्लाह र सुझाव प्राप्त गर्न सकिने नेता हुनुहुन्थ्यो । उहाँको निधनले अत्यन्त ठूलो पीडा भएको छ ।
उहाँको निधनबाट राष्ट्रिय राजनीतिलाई कति क्षति पुगेको छ जस्तो लाग्छ ?
एमालेको उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य, पूर्वसभामुख, संविधानसभा अध्यक्षको हैसियतले उहाँले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । राष्ट्रिय राजनीतिमा उहाँको जुन उपस्थिति थियो, एउटा ठूलो खाडल सिर्जना गरेको मैले महसुस गरेको छु । त्यो खाडल पूरा गर्न हामीले धेरै मिहेनत गर्नुपर्ने अवस्था देखिन्छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया