अविरल जनसाहित्य यात्रामा उप–मेयर अनिता लामाका कविता

अविरल जनसाहित्य यात्रामा बुढानिलकण्ड नगरपालिकाकी उप–मेयर अनिता लामाका कविता बाचन भएको छ। राष्ट्रिय जनसाहित्य संघ नेपालको ८२औँ  शृङखलामा लामाका कविता बाचन गरिएका हुन। 

बुधबार काठमाडौंमासम्पन्न कार्यक्रममा लामाले आफ्ना कविताहरु प्रस्तुत गरिन्। युवा प्रगतिवादी कविका रुपमा चिनिएकी लामाले कार्यक्रममा आफ्ना १२ कविताहरु मार्फत समाजमा विद्यामान विभिन्न समस्या तथा थर्थाथतालाई प्रस्तुत गरिन्। 

लामाले कार्यक्रममा जुत्ता, पाठेघर, कमरेड मेरो सन्ते कहाँ छ, जुनमाया, दिदी अलिकति भएपनि प्रसाद लिनुस न’ लगायतका कविताहरु प्रस्तुत गरेकी थिइन्। 

प्रकाशित मिति: : 2023-09-06 19:01:00

प्रतिकृया दिनुहोस्