आजदेखि पोखरामा बाघ जात्रा सुरु

नेवारी समुदायले मनोरन्जनको रुपमा मनाउने गरेको जात्राको पनि महाजात्रा जसलाई बाघ जात्रा भनिन्छ। उक्त पर्व सोमबारदेखि पोखरामा मनाइने भएको छ। नेवारी समुदायले गाईजात्रा मनाएको केही दिनमा अर्को  जात्रा मनाउने तयारीमा लागेका छन्।

खरामा उक्त जात्रा २३ वर्षपछि पहिलो पटक निकाल्ने भएको बाघजात्रा आयोजक समितिका सचिव सुनिल उलकले बताएका छन्। यही भदौ १८ गतेदेखि २० गतेसम्म बाघ जात्रा पोखराका विभिन्न बजार हुँदै वस्तीसम्म प्रर्दशन गरिने तयारी भएकाे छ।

कुनै आस्था र धर्म भन्दा नितान्त फरक ढंगले परम्परादेखि मनोरन्जनको रुपमा मनाउदैँ आएको उक्त पर्वलाई यस बर्ष पनि पराम्परागत ढंगले मनाउने भएको सचिव उलकले बताएका छन्।

यस अघि पोखरामा २०५७ सालमा मोहरिया टोलमा प्रर्दशन गरेको बाघ जात्रा विभिन्न कारणले गर्दा निरन्तरता दिन नसकिएको भए पनि यस वर्ष देखि भने पुनः निरन्तरता दिने बाघजात्रा आयोजक समितिका संयोजक जवाहरलाल श्रेष्ठले बताएका छन्। लोपोन्मुख अवस्थामा रहेको जात्राको उजागर गर्न र युवापुस्तालाई पुस्तान्तरण गर्ने उद्देश्यले बाघ जात्राको तयारी गरेको उनले बताएका हुन्।

पराम्परागत रुपमा चलिआएकाे याे जात्राले जंगली जनावार बाघसँग जोडिएको पाइन्छ। आइतबार उक्त बाघ जात्राको तयारी स्वरुप बाघ हिड्ने क्षेत्रमा झण्डा राख्ने काम भएको सचिव उलकले बताएका छन्।

प्रकाशित मिति: : 2023-09-04 08:43:00

प्रतिकृया दिनुहोस्