कवि रिमा केसीलाई अनुवादतर्फकाे ‘यशस्वी अवार्ड’

‘सूर्य नेपाल काठमाडौँ- कलिङ साहित्य महोत्सव’मा चर्चित कवि रिमा केसीद्वारा अनुवाद गरिएकाे ‘अमृता प्रीतमका छानिएका कविता’लाई अनुवादतर्फ यशस्वी अवार्ड प्रदान गरिएको छ।

विगत दुई दशकदेखि अनवरत रूपमा साहित्य जीवन समर्पण गरेकी केसी नेपाल‌ी साहित्यकाशमा चम्किलाे तारा हुन्।

त्यसैगरी साेही कार्यक्रम डाक्टर नवराज केसीको ‘शून्यको मूल्य’, विवेक ओझाको उपन्यास ‘ऐंठन’ र रेणुका जिसीको कथा संग्रह ‘सनेस’लाई यशस्वी अवार्डद्वारा सम्मान गरिएकाे छ।

तीन दिनसम्म चलेकाे महोत्सवमा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो। सम्मानित हुने अन्य कृतिमा कवितातर्फ ‘भाषाको बकपत्र’, जीवनीतर्फ गोविन्द गिरी प्रेरणा ‘सुश्री पारिजात’, बालसाहित्य विधामा अनुराधा लिखित ‘छमछमको छमछमी’, अनुवादतर्फ रिमा केसीको ‘अमृता प्रीतमका छानिएका कविता’, खाद्य तथा औषधि विधामा ‘रैथाने चार्डवाड र खानपान’, अंग्रेजी भाषाको संस्मरण ‘हिमालयन मेभरिक’ र अंग्रेजी कवितासंग्रह ‘मिनट्स या मेरिट’ छन्।

ललितपुरको हिमालय होटलमा सञ्चालन भइरहेको महोत्सवमा  लेखकहरूको उपस्थितमा याे अर्वाडद्वारा सम्मान प्रदान गरिएको हो।

नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरूकाे भव्य जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा भएको हो।

प्रकाशित मिति: : 2023-09-02 19:44:00

प्रतिकृया दिनुहोस्