एसिया कप: भारतसँग खेल्न नेपाली टोली श्रीलंका प्रस्थान

एसिया कपअन्तर्गत समूह चरणको दोस्रो खेल खेल्न नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ। 

नेपाली टोली बिहीबार बिहान श्रीलंकातर्फ प्रस्थान गरेको हो। बुधबारबाट सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। नेपालले भदौ १८ मा भारतसँग श्रीलंकाको क्यान्डीमा प्रतिस्पर्धा गर्नेछ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह 'बी'मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन्।

प्रकाशित मिति: : 2023-08-31 09:58:00

प्रतिकृया दिनुहोस्