तारपासोले भरिएको पर्यटनको सहर 

विकासक्रम क्रमिक रुपमा अगाडी बढ्दै छ। सूचना प्रविधिको विकास पनि क्रमिक बढ्दै छ। प्रविधिको विकासले वातावरण अनुकुर र प्रतिकुर दुबै सुजना भएको छ। 

नेपालमा नै आवश्यक कानुन र नियमन नहुँदा तारको जाल्यो देश भरिनै फैरिदै छ। कामनपाले तार नियन्त्रणका लागि तार हटाउन आग्रह गर्यो  अटेर गर्नेका तार पनि काटिदियो। 

मेयर बालेन्द्र साहको सकारात्मक नकारात्मक चर्चा पनि भयो। बारम्बार आवाज उठ्दै आएता पनि नेपालमा बिजुलीका तारहरुको समस्या समाधान गर्न सरकार र सरोकारवालाहरूले नसक्दा शहरका गल्लीगल्लीमा विभिन्न इन्टरनेट तथा केबल टिभीका तारहरु छरपष्ट देखिन्छन्। 

सरकार र यो संग सम्बन्धित विभिन्न क्षेत्र सेवाको नाममा मिलेमतो रहेको हुन सक्ने जनताको गुनासो रहेको छ। बेलैमा सरकारले चासो दिए समस्याको समाधान गर्न सक्ने अभियन्ताहरुले बताउदै आएका छन्। 

तारैतारको कुरुप जालोले पर्यटनको  राजधानी सहर पोखरा कुरूप छ। विकास र व्यवस्थापनका हिसाबले अब्बल मानिनुपर्ने पर्यटन र प्रदेशको राजधानीलाई तार व्यवस्थापन सकसपूर्ण छ। 

राजधानी सहरलाई कतिपय विदेशीहरूले समग्र देशको प्रतिनिधित्व गर्ने स्थान मान्छन्। कुनै देश कस्तो होला भनेरबारे धारणा बनाउनुपरे राजधानीलाई नै हेर्ने गरिन्छ। तर राजधानी सहर पोखरा भद्रगोल छ अव्यवस्थित तारका कारण। सहरका गल्लीहरू धुलो र धुवाँयुक्त तार आफैँ पनि कुरुप छ। कुरूप तारको जालोले सहर कुरुपतम बनेको छ।

नेपाल भरिको कुरा अलिक पाखा लगाइ  पर्यटकिय शहर पोखरामा पनि बिजुलीका तारहरुका कारण शहर कुरुप हुदै गएको महानगरका कर्मचारीहरूले नै बताउदै आएका छन्। 

२०७४ सालको स्थानीय चुनावका बेला महानगर मेयरको चुनावी नारा मध्ये एक नारा तारहरु संगै स्मार्ट सिटी निर्माण गर्ने थियो। तर ५ वर्षको कार्यकाल समाधान नभइ किन समाप्त भयो। 

२०७९ बैशाखमा स्थानीय चुनाव भयो  चुनावमा पार्टी फुटाएर बनेको नयाँ पार्टीका नेता विजयी भए उनी हुन्, मेयर धनराज आचार्य।

मानबहादुर जिसीको घोषणापत्र आफुले लेखेको र जिसीको कार्यकालमा सम्भव नभएका काम आफुले एक वर्षभित्रै सक्ने भनेर चुनावी मैदानमा होमिएका आचार्य जित त हासिर गरे तर अझै जनताको मन जित्न भने सकेका छैनन्। 

आचार्य निर्वाचित भएको पनि एक वर्ष पुगि सक्यो, जनताले सुन्दर र सफा शहरको अनुभुति गर्न पाएका छैनन्। महानगरले समयसमयमा नितीगत निर्णय समेत गरेको छ। तर पोखराका गल्लि-गल्लीका तारको समस्या समाधान गर्ने सम्बन्धमा कुनै काम हुन नसक्दा र दिन प्रतिदिन नयाँ तारहरु पनि थपिदै जादा पोखराका सडकबाट यतिबेला हिमश्रुङ्खलाहरु हेर्न नसकिने अवस्था भएको छ।

कुरुप भएको शहर अब समयमै समाधान गर्न गार्ह्रो देखिन्छ। समय समयमा सरकार र सरोकारवालाहरुलाई यो बिषयमा झकझकाइ रहेको तर काम हुन नसक्दा शहर कुरुप बन्दै गएको नागरिक समाजका प्रतिनिधी तथा सामाजिक अभियन्ता रामबाहादुर पौडेलले बताए।

नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केवल अपरेटर र इन्टरनेट सेवा प्रदायकले पोलले थेग्नै नसक्ने गरी तार टाँगेर सहर कुरुप बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। कुरूप तारको जालोले सुन्दरता मात्रै निलिदिएको छैन, दुर्घटनाको जोखिम झनै बढाएको छ। 

नेपाल विद्युत प्राधिकरणले जालोझै बेवारिसे अवस्थामा टाँगिएका तार ‘अन्डरग्राउन्ड’ गरी सहरलाई व्यवस्थित गर्ने सोच राखेको भएपनि अपेक्षित सहयोग नपाएको गुनासो गरिरहेको छ। नेपाल टेलिकम र अन्य सेवा प्रदायकलाई सहर सक्दो कुरूप बनाएर नाफा बढी आर्जन गर्नुछ।

देश चलाउने, प्रदेश चलाउने र स्थानीय तह चलाउने नेता तथा जनप्रतिनिधीहरुले ध्यान दिन नसक्दा पर्यटनमा नै धक्का पर्न सक्ने पर्यटन व्यवसायीहरु बताउछन्।

हेर्नुहोस् तस्बिरहरु:

 

प्रकाशित मिति: : 2023-08-29 20:41:00

प्रतिकृया दिनुहोस्