सुन प्रकरण: पूर्वसभामुख कृष्णबहादुर महराका छोरा ‘राहुल’ पक्राउ

File Photo
File Photo

पूर्वसभामुख कृष्णबहादुर महराका कान्छा छोरा राहुल महरा पक्राउ परेका छन्।

विद्युतीय चुरोट (भेप)मा लुकाएर भित्र्याइएको सुन तस्करी प्रकरणमा जोडिएका राहुललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पक्राउ गरेको हाे।

सीआईबीका अनुसार महरालाई उनकै निवासबाट पक्राउ गरिएकाे हाे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएकाे ६० किलो सुनकाण्डमा पक्राउ परेका दावा छिरिङसँगको कनेक्सनका आधारमा राहुललाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएकाे छ।

यता राहुलले भने आफैँ सीआईबीमा उपस्थित भइ अनुसन्धानमा सहजीकरण गर्न लागेकाे उल्लेख गरेका छन्।

पक्राउ पर्नुअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स सैलिमा मिडिया ट्राएल गरी हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम CIB मा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु।’

प्रकाशित मिति: : 2023-08-30 16:02:00

प्रतिकृया दिनुहोस्