रमेश तिवारी
चिनियाँ अर्थतन्त्रमा शंकाको बादल मडारिरहेको छ। चीनको लगानी बजार गहिरो संकटमा छ। मुद्रास्फीति दर घटेकोघट्यै छ, जसको अर्थ हुन्छ बजारको माग ओलारो लागिरहेको छ। आयात र निर्यातको तथ्य/तथ्याङ्कहरू कमजोर छन्।
सत्यचित्रको सहत समात्न खोज्दा चीनले बेरोजगारीको तथ्यांक लुकाउँदैछ। र, एसियाली अर्थ-विश्लेषकहरूले चिनियाँ अर्थतन्त्र सुस्ताउँदै गएको बताउँछन्।
चिनियाँ अर्थतन्त्र उधोगतितिर लागेको देख्दै गर्दा भारत पनि चिन्तित छ। किनभने चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। ‘चीनमा मन्दी आयो भने’ यसले विश्वव्यापी मागलाई असर पार्न सक्छ।
चीन विश्वको उत्पादन केन्द्र मात्र होइन, धेरै वस्तुको सबैभन्दा ठूलो उपभोक्ता पनि हो।
सन् २०४७ मा विकसित राष्ट्र बन्ने सपना देख्दैछ- भारत। ‘भारतीय सपना’ लक्ष्यमा पुग्ला या नपुग्ला तर यात्रा तीव्रगतिमै छ।
विश्व अर्थतन्त्रमा यतिबेला भारतबाट जुन अपेक्षा गरिएको छ, त्यो करिब १५ वर्षअघि चीनबाट गरिएको थियो।
‘हिन्दुस्तान’ले एकैस्वरमा भन्नसक्छ— हामी पनि उत्पादनमा चिनियाँ विकल्प बन्न चाहन्छौँ। सारा हिन्दुस्तानीहरू देश निर्माणमा जुटिरहेका छौँ। भूगोलले भरिपूर्ण छौँ। ‘चन्द्रमा’मा पाइला टेकिसक्यौँ। संख्या बढाउँदै विश्व–बजारलाई उछिनिरहेका छौँ। ‘हिन्दुस्तान’ हिँडिरहेको छ। अर्थतन्त्र लयमा फर्किदैछ।
आर्थिक संकटको डीलमा अमेरिका र बेलायत पनि छन्। भलै, यी देशहरू जसोतासो तंग्रिरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइलाई पनि गम्भीरताका साथ लिनुपर्छ। उनले आफ्नो भूमिका बिर्सेर चीनको अवस्था ‘टाइम बम’ जस्तो भएको बताएका छन्।
यो राम्रो होइन, किनकि ‘नराम्रा मानिसहरू जब नराम्रो समय भोग्छन्, उनीहरू जताततै कुभलो नै सोच्छन्।’
भारतले अमेरिकासँग जति नै राम्रो साइनो–सम्बन्ध गाँसेपनि मर्दापर्दा छेउतिरको छिमेकी चाहिन्छ। चीनसँग भारतका एकखाले मतभेद् छन्! रहिरहन्छन् पनि। तर चिनियाँ अर्थतन्त्र खस्किँदा, त्यसको मारमा ‘हिन्दुस्तान’समेत पर्दछ।
एउटा अमेरिकी घटना हेरौं, जसरी सन् २००८ मा ‘लेहम्यान ब्रदर्स’ टाट पल्टिएको थियो, यो एउटा कम्पनी खस्किएको घटना मात्र थिएन। त्यतिखेर विश्वव्यापी वित्तीय संकट टुप्पोतिर पुग्दैथियो।
ब्रदर्सको टाट पल्टाइले भारत पनि प्रभावित भयो। हजारौँको संख्यामा खाइपाइ आएको जागिर कटौती गरियो। सहतमा हेर्दा एउटा कम्पनी डुबेजस्तै देखिन्थ्यो।
तर, त्यसको असर अमेरिका हुँदै भारतसम्म फैलियो। अब चीनमा संकट आएपछि पनि यस्तै अवस्था आउन सक्ने अनुमान गरिएको छ।
अमेरिकामा पनि लगानी बजारमा संकट थियो। यतिबेला चीनमा पनि लगानी बजार निरन्तर ओरालो लागेको छ। यसले अन्य कम्पनीलाई असर गरिरहेको छ।
चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ३० प्रतिशत हिस्सा ‘रियल स्टेट’को ब्यापारले ओगटेको छ। तर, भारत सरकारले ‘चिन्ता नलिनु’ भन्दै आश्वासन दिलाइरहेको छ।
त्यस्तै, भारतको केन्द्रीय सरकारका अर्थ–सचिवले भर्खरै चीनसँग ठूलो व्यापार घाटा रहेको बताएका छन्। अर्थात् भारतले आयात बढी, निर्यात कम गरिरहेको छ। जसका कारण भारतीय अर्थतन्त्रमा केही हदसम्म कम असर पर्नेछ।
चिनियाँ अर्थतन्त्र ओरालोतिर हुत्तिनुका अनेकौँ कारण छन्। ‘लगानी बजारमा संकट’ देखिनु भनेको अर्थतन्त्र रित्तिनु होइन। अहिले तंग्रिदै हिँडिरहेको चिनियाँ अर्थबजारलाई ‘कोरोना महामारी’ले दपेट्यो।
चीनले सबैभन्दा कडा बन्दाबन्दीको मार भोग्यो। महामारीको डरै–डर फैलिँदा दर्जनौँ देशसँग लिंक तोड्यो। कोरोनापछि आर्थिक सुधारको अपेक्षा गरियो। तर सोचेजस्तो प्रगति हुनसकेन।
अर्थशास्त्रीहरू भन्छन्, ‘अर्थतन्त्र उकास्नका लागि लागिपरेको चीनले नीतिगत सुधार चाहेन, त्यो काम गर्नै सकेन।’ चीनलाई युवा जनशक्ति चाहिन्छ, तर त्यहाँ वृद्धहरूको संख्या बढ्दै गएको छ।
चिनियाँहरू बिथोलिएका छन्। शासन–व्यवस्थासँग रुष्ट छन्। लामो समयसम्म जागिर पाउँदैनन्। चिनियाँहरू तनाबै–तनाबमा बाँचिरहेका छन्। तर उनीहरू आफ्नो पीडा देखाउँदैनन्।
चीनको राज्य–सत्ताले ‘चिनियाँ समाज’को नराम्रो पक्ष देखाउँदैन, ठिकठाक चलिरहेको मात्र प्रचार गर्छ। अनि, पश्चिमी देशका मिडियाले सानातिना समस्यालाई बढाइचढाइ गर्छन्, अनेकौँ अफवाह फैलाउँछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया