बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प चौथोपटक पनि जेल जानबाट जोगिने भएका छन् । जर्जिया राज्यको फुल्टोन काउन्टी कोर्टका प्रतिनिधि र ट्रम्पका वकिलबीच ट्रम्पलाई दुई लाख धरौटीमा छुटाउन सहमति भएपछि उनी यसपटक पनि जेल जानबाट जोगिएका हुन् ।
सहमतिपछि ट्रम्प विहीबार स्वयं फुल्टोन काउन्टी कारगारमा हाजिर हुने भएका छन् । ट्रम्पलगायत उनका १८ अनुयायीलाई शुक्रबारसम्म हाजिर हुन आदेश जारी गरिएको छ ।निर्धारित समयभित्र हाजिर नभए पक्राउ गरेर जेल पठाइने बताइएको छ । यस मुद्दाका अधिकांश अभियुक्तकलाई जेल जानबाट जोगाउन उनीहरूका वकिलहरू धरौटीमा छुटाउन काउन्टी कोर्टका प्रतिनिधिहरूसँग सौदाबाजी गरिरहेका छन् ।
ट्रम्प र उनका १८ समर्थकविरूद्ध २०२० को राष्ट्रपति चुनावमा निर्णायक रहेको जर्जिया राज्यको फुल्टन काउन्टीको परिणाम उल्टाउन जालसाझी गरेकोलगायतका १३ अभियोग लगाइएका छन् । ट्रम्पलगायतक अधिकांशले ती सबै अभियोगहरू अस्विकार गरे का छन्प । यद्यपि, उनीहरूले गरेका जालसाझीका अनकौ दशी प्रमाणहरू मिडिया अर्काइभमा भेटिन्छन् ।
के तपाई विश्वास गर्न सक्नुहुन्छ? म बिहीबार एक कट्टरपन्थी वामपन्थी जिल्ला अधिवक्ता, फानी विलिसले लगाएको अभियोगमा गिरफ्तारी दिन एटलान्टा, जर्जिया जाँदैछु ।
- डोनल्ड ट्रम्प, अमेरिकी पूर्वराष्ट्रपति
फुल्टोन काउन्टीको यो पछिल्लो मुद्दामा भने ट्रम्प जेल जानसक्ने अनुमान धेरै अमेरिकीले गरेका थिए । यही पेचिलो परिस्थिति उत्पन्न भएपछि दक्षिणपन्थी रिपब्लिक खेमामा सन्नाटा र क्रोध दुबै छाएको थियो । ट्रम्पका केही कट्टर समर्थकले त उनलाई जेल पठाए न्यायाधीशको ज्यान लिने धम्की समेत दिएका थिए ।
यसरी वातावरण संगीन बन्दै गएको बेला काउन्टी कोर्ट र ट्रम्पका वकीलबीच जमानतमा छुटाउने सहमति भएपछि भने तनावको पारो बिस्तारै ओर्लन थालेको छ । तर, यसपटक कडा शर्तको पनि पालना गर्नुपर्ने भएकाले ट्म्प ती शर्त उलंघन गरेर कुनै पनि बेला पक्राउ पर्ने सम्भावना भने जिवितै छ ।
यसैबीच धरौटीमा छुट्ने सहमतिप्रति रूष्ट ट्रम्पले उनको आफ्नै सामाजिक प्लेटफर्म सोसल ट्रुथमा एक स्टाटस पोष्ट गरेका छन् । उनले आफूलाई अभियोग लगाउने अभियोजनकर्ता फानी विलिसलाई वामपन्थी कार्यकर्ता भन्दै लेखेका छन्, ' के तपाई विश्वास गर्न सक्नुहुन्छ? म बिहीबार एक कट्टरपन्थी वामपन्थी जिल्ला अधिवक्ता, फानी विलिसले लगाएको अभियोगमा गिरफ्तारी दिन एटलान्टा, जर्जिया जाँदैछु ।'
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्धको यो चौथो फौजदारी अभियोग हो । यस्तो अभियोग लाग्ने अमेरिकी बहालवाला र पूर्वराष्ट्रपतिमा ट्रम्प पहिलो र एक मात्र राष्ट्रपति हुन् ।
आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्प रिपब्लिकन उम्मेद्वारका आकांक्षी हुन् । १२ जना रिपब्लिकन आकांक्षीको भीँडमा ट्रम्प नै सबैभन्दा अगाडि छन् । दक्षीणपन्थी रिपब्लिकनहरूको अपार समर्थन पाएका उनी खासगरी मध्यमवर्गीय, अशिक्षित गोराहरूको आदर्श भएका छन् । ४० देखि ६० वर्ष उमेर समूहका दक्षिणपन्थी गोराहरू अरू रङका आप्रवासी आएर आफ्नो भाग खोसेको भनेर रूष्ट छन् । ट्रम्प राष्ट्रपति भए आफ्ना सुदिन फर्कनेमा उनीहरू आशावादी छन् ।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया