बिएल संवाददाता
सर्लाहीको मलंगवा नगरपालिकामा कमन्डलु (पानी राख्ने भाँडो) छोएको भन्दै ‘दलित’ महिलामाथि निर्घात कुटपिट भएको छ।
मलंगवा नगरपालिका वडा नं. १२ गम्हरियाकी ४२ वर्षीया लिलमदेवी पासवानमाथि सोही ठाउँकी २५ वर्षीया रविताकुमारी यादवलगायतले कुटपिट गरेको भन्दै सर्लाही जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ।
जाहेरीमा उल्लेख भएअनुसार लिलमदेवी साउन ८ गते बिहान साढे १० बजेतिर गम्हरियास्थित पासवान टोलको उत्तरतर्फ रहेको कुलोमा कपडा धुन गएकी थिइन्। सोही क्रममा लिलमदेवीले खेतको आलीमा राखिएको कमन्डलु निकालेर कुलोबाट पानी झिकिरहेकी थिइन्।
कमन्डलुबाट पानी निकालिरहेकी लिलमदेवीलाई रविताले ‘ए तँ पासवान दुसाद जाती भएर किन मेरो कमन्डलु छोएको ?’ भन्दै अश्लील शब्दसहित गालीगलौज गरेकी थिइन्।
गालीगलौजको प्रतिवाद गर्दा रविताले ‘बढी कुरा नगर तिमी निच दलित’ भन्दै कुटपिट गरेको लिलमदेवीको भनाइ छ। लिलमदेवीकाअनुसार त्यतिबेला उनलाई रवितासँगै निर्मलादेवी राय र सुशीलादेवी रायले अमानवीय व्यवहार गर्दै कुटपिट गरेका थिए।
विवादकै क्रममा घटनास्थल पुगेका रविताकी दिदी सुशीलाका श्रीमानसमेत गरी पाँच जनाले निर्घात कुटपिट गरी अचेत बनाएर भागेका थिए।
निर्घात कुटपिटबाट घाइते भएकी लिलमदेवीको जिल्ला अस्पताल मलंगवामा उपचारपछि होस खुलेको थियो।
घटना भएको तीन सातापछि लिलमदेवीले दलित भएकै कारण कुटपिट गर्ने रविताकुमारी यादव, उनकी आमा ४९ वर्षीया निर्मलादेवी यादव, २८ वर्षीया दिदी सुशीलादेवी यादव उनका श्रीमानसहित पाँच जनाविरुद्ध जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन) २०६८ र मुलुकी अपराध संहिता २०७४ को दफा १६० बमोजिमविरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालय मगंलवामा जाहेरी दर्ता गरेकी छन्।
![]()
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया