एमालेकाे अवरोधका कारण संसद बैठक फेरि स्थगित 

File Photo
File Photo

प्रमुख प्रतिपक्षी नेकपा(एमाले)काे अवरोधका कारण बुधबारकाे प्रतिनिधिसभाको बैठक स्थगित भएकाे छ।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले अवरोध गरेपछि बैठक स्थगित भएकाे हाे।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हाे।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनतस्करीका सम्बन्धमा सदनमा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै एमालले मंगलबार पनि बैठक अवरुद्ध गरेको थियाे।

सुन तस्करीकै विषयलाई एमालेले साउन १० गते यता प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध गर्दै आएको छ।

प्रकाशित मिति: : 2023-08-09 13:28:00

प्रतिकृया दिनुहोस्