सरकारभित्रै कुरा नमिल्दा सिजी टेलिकमले पाएन लाइसेन्स, ओलीले नियुक्त गरेका अध्यक्षसमेत तगारो!

क्यापिटल

काठमाडाैं

मोबाइल सेवा सञ्चालनका लागि कसरत गरिरहेको सिजी टेलिकमले सरकारभित्रकै राजनीतिक दलबीचको असमझदारीका कारण अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न नसकेको पाइएको छ।

नेपाली कांग्रेसका सांसद तथा उद्यमी विनोद चौधरीको सिजी टेलिकमले एक दशकदेखि लाइसेन्सका लागि निरन्तर प्रयास गर्दा पनि अनुमति पाउन नसकेको हो।

व्यावसायिक घराना चौधरी ग्रुप (सिजी) का अध्यक्षसमेत रहेको चौधरी गत वर्ष मंसिरमा संघीय सांसद विजयी भएपछि र कांग्रेस नेतृत्वकै सरकार बनेपछि उनको सिजी टेलिकमले सहजै लाइसेन्स पाउने अनुमान गरिएको थियो। 

प्रकाशित मिति: : 2023-08-03 11:43:00

प्रतिकृया दिनुहोस्