एमाले कार्यकर्ताहरुलाई अरुप्रति नकारात्मक टिप्पणी नगर्न बिष्टको आग्रह

नेकपा (एमाले)का केन्द्रीय कमिटी सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण बिष्टले आफ्ना कार्यकर्तालाई अरुप्रति नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन्। एमाले जिल्ला कमिटी कास्कीले अगुवा कार्यकर्ताको लागि शनिबार गरेको अनुशिक्षण कार्यक्रममा बोल्दै नेता बिष्टले सो कुरा बताएका हुन्।

उनले पार्टीलाई बलियो बनाउनका लागि कोही कसैप्रति नकारात्मक टिकाटिप्पणी नगरी जिम्मेवार र अनुशासीत भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन।

एकमना एकताका साथ पार्टीको काममा जुट्ने कामको सरुवात कास्कीबाट गर्न अनुरोध गर्दै उनले विचार र भावनाका साथ अगाडि बढ्न सबैमा आग्रह गरे।

उनले विचार र भावनाका साथ अगाडि बढ्न सबैमा आग्रह गरे।

प्रकाशित मिति: : 2023-07-29 21:53:00

प्रतिकृया दिनुहोस्