बिएल संवाददाता
अघिल्लो साता दुई कुकी महिलालाई ‘नग्न बनाएर हिँडाएको’ भिडियो भाइरल भएपछि मणिपुरको थोरबुङमा फेरि हिंसा भड्किएको छ।
मैतेई र कुकी समुदायबीच द्वन्द्व थप चर्किंदैजाँदा थोरबुङमा लगातार गोलीबारी भइरहेको छ। हिंसाग्रस्त मणिपुरमा गोलाबारी मात्र होइन, ‘मोर्टार हमला’ पनि भइरहेको अधिकारीहरूले जनाएका छन्।
गएको ६ दिनदेखि मणिपुरको काङ्वे गाउँमा मैतेई र कुकीबीच गोली हानाहान भइरहेको स्थानीयरूले बताएका छन्। ‘म घर छोडेर छेउतिरको शरणार्थी शिविरमा सरेको छु। असम राइफल्सको क्याम्प मेरो घरबाट ३०–३५ मिटर मात्र टाढा छ। तर हिजो राती कुकी जनताले चर्को गोलीबारी गरे। मेरो घरमा छापा मारिएको छ। घरको भित्तामा गोलीका निशान छन्,’ राहत शिविरका पीडितले भने।
मणिपुरको शरणार्थी शिविर होस् या राहत शिविरमा त्यहाँपनि डर कायमै छ, लगातार बमबारी भइरहेको छ। टिनका छाना गोलीले च्यातिँदै छन्। सडकमा सयौं गोलीका छर्राहरू छरिएका छन्। मानिसहरू भाग्दै हिँडिरहेका छन्। मैतेई र कुकीहरूमा डरै–डरमा बाँचिरहेका छन्, एकले–अर्कालाई भेटेपछि मारिदिन्छन् भन्ने भय छ।
थोरबुङको पुओगाकचाओ इखाई गाउँमा बुधबार रातभर लडाइँ चल्यो, यो मैतेई बाहुल्य गाउँ हो। भिडन्तपछि मैतेईहरू घर छोडेर भागेका छन्।
‘पछिल्लो ६ दिनदेखि हामी सुत्न सकेका छैनौँ। कसरी सुत्ने होला, कुकीहरूले घरमा गोली हान्छन्, हाम्रो गाउँमा मोर्टार प्रहार भइरहेको छ। मेरो गाउँको एउटा केटा मरे,’ गाउँकी मुखिया चम्खन्नबी भन्छिन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया