बिएल संवाददाता
आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाउमा हुने १९औँ एसियाली खेलकुदको महिला फुटबल ड्र सार्वजानिक भएको छ।
बिहिबार सार्वजानिक भएको ड्र अनुसार समूह डी मा नेपालसहित बंगलादेश, भियतनाम र जापान छन्। जापान र भियतनाम अहिले फिफा महिला विश्वकप खेलीरहेका छन्।
यसैगरी समूह ‘ए’मा आयोजक चीन, मंगोलिया, उज्वेकिस्तान, समूह ‘बी’ मा चाइनिज ताइपेइ, भारत र थाइल्यान्ड, समूह ‘सी’ मा उत्तर कोरिया, सिंगापुर र कम्बोडिया तथा समूह ‘इ’मा दक्षिण कोरिया, हङकङ, फिलिपिन्स र म्यानमार छन्।
यस्तो छ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोली :
एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, रेनुका नगरकोटे, सावित्रा भण्डारी, अनिता केसी, अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दिपा शाही, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया