प्रहरी प्रधान कार्यालयले निलम्बनमा परेका एकजना डिएसपीलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ।
केही समयअघि बुटवलमा कार्यरत डिएसपी ठगबहादुर केसी ३५ किलो सुन र केही नगदसहित प्रक्राउ परेका थिए। उनीमाथि सुनचाँदी व्यवसायी संघबाट घुस खाएको आरोप लागेको थियो।
त्यसपछि उनलाई निलम्बन गरिएको थियो। र, छानबिनका लागि प्रहरी प्रधान कार्यालयले एउटा समिति बनाएको थियो। त्यसकै आधारमा प्रहरी प्रधान कार्यालयले उनलाई भविष्यमा कुनै पनि सरकारी जागिर वा नियुक्तिका लागि अयोग्य हुने ठहरसहित बर्खास्त गर्न सिफारिस गरेको हो।