मङ्गलबार, २४ मार्च २०२६

महामन्त्रीकाे प्रतिवेदन एनजीओको रिपोर्ट जस्तो लाग्यो: आरजु राणा (भिडियाे)

News Image
• • •

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले महामन्त्री गगन थापाले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएकाे टिप्पणी गरेकी छन्।

शुक्रबार केन्द्रीय समिति बैठकमा बेल्दै राणाले महामन्त्रीकाे प्रतिवेदनमा देशलाई हाँक्ने जस्ताे केही कुरा पनि नदेखिएकाे बताइन्।

‘नेपाली काँग्रेस पार्टी एउटा जिम्मेवार पार्टी हो। देश कता जाने, अर्थतन्त्र कस्तो हुने, समाज कस्तो हुने भन्ने कुराको नेतृत्व नेपाली काँग्रेस गर्ने गरेको छ। तर महामन्त्रीहरुको प्रतिवेदनमा यसको लागि कुनै कुरा लेखिएको जस्तो लाग्दैन। यो एउटा एनजीओको रिपोर्ट जस्तो लाग्यो, त्यसैले म अच्मित पनि भएँ,’ उनले भनिन्, ‘महामन्त्रीको प्रतिवेदन राजनैतिक दस्तावेज होला भन्ने सोचेको थिएँ तर राजनैतिक दस्तावेज भन्दापनि एउटा एनजीओको विसलिष्टजस्तो लाग्यो।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!