ललितपुर महानगरको सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकल

शनि शाक्य

ललितपुर

ललितपुर महनगरले सडकको धुलो पखाल्न दुई वटा ‘रोड वासर कम स्प्रिङकल’ प्रयोगमा ल्याएको छ।

पानी ट्याङकीबाट निस्कने पानीको फोहोरले सडकको धुलो पखाल्छ। सडकको किनारामा रोपिएको विरुवा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको विरुवा पखाल्नसमेत यसको प्रयोग गरिने ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए।

उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, विरुवामा पानी हाल्ने र धुलाम्य भएको विरुवामा पानी हाल्ने काम गर्छ।’ नगर प्रमुख महर्जनले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि यो साधन खरिद गरेको बताए।

ललितपुर महानगर एक करोड २२ लाख ८५ हजारमा ‘रोड वासर कम स्प्रिङकल खरिद गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले रोड वासर कम स्प्रिङकलले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने बताए। उनले भने, ‘महानगरपालिकाभित्र आवश्यकताअनुसार समय तालिका बनाएर प्रयोगमा ल्याउँछौं।’

प्राविधिकहरुकाअनुसार यसले आगलागीको बेला आगो निभाउन सहयोग गर्नेछ। ललितपुर महानगरले यसअघि अव्यवस्थित ढंगबाट टाँगिएका तार काट्ने अग्लो मेसिन समेत प्रयोगमा ल्याइसकेको छ।

प्रकाशित मिति: : 2023-07-17 13:52:00

प्रतिकृया दिनुहोस्