ललितपुर महानगरले गुडायाे एक सय ६ वर्ष पुरानो दमकल

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाले प्राकृतिक लगायत अन्य विभिन्न खालका प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि योजनाबद्ध ढंगबाट गम्भीरतापर्वक काम गरिरहेको छ।

प्रकोपका कारण हुनसक्ने क्षति सकेसम्म न्यून गर्न आवश्यक पर्ने अवयवहरुलाई ललितपुर महानगरपालिकाले पुल्चोकस्थित जुद्धवारुण यन्त्र कार्यालयको एकै छानामुनि राखेको छ।

दमकल, एम्बुलेन्स, शववहान सहित प्रकोपका बेला महत्वपूर्ण जिम्मेवारी वहन गर्ने जनशक्ति नगरप्रहरी समेत एकै छानामुनि राख्नुको मुख्य उद्देश्य आवश्यक परेको समय र ठाउँमा नगरप्रहरीसहित आवश्यक अवयवहरु एकैपटक पुग्न सकुन भन्ने हो।

अन्तर्राष्ट्रिय अभ्यासहरुलाई हेर्दा प्रकोपका बेला प्रयोग हुने सामग्रीलाई एउटै छानामुनि राख्दा क्षति न्यून भएको पाइएको छ।

'आज हामी यहाँ, प्रकोप वा आगलागी जन्य दुर्घटनाका बेला प्रयोगमा आउने दमकलका बारेमा चर्चा गर्न यहाँ जम्मा भएका छौं। यो दमकल महानगरपालिकाले खरिद गरेको नयाँ दमकल होइन, यो त झण्डै एक सय ६वर्ष पुरानो दमकल हो। डेनिस दमकल नामको यो दमकल करीब ३५ वर्षदेखि बिग्रिएर थन्किएको अवस्था थियो ललितपुर महानगरपालिकाको प्रमुखमा पहिलो कार्यकालका लागि  निर्वाचित भएपछि अर्थात पाँच वर्ष अघि पुल्चोकका स्थानीय मोहनप्रसाद नकर्मीले भने, 'उनको प्रस्तावलाई मैले स्वीकार गरेँ। प्रस्ताव स्वीकार गरेको झण्डै ६ वर्षपछि बिग्रिएको दमकम बनेको छ। बनेको मात्रै होइन, पूर्ण रुपमा काम गर्न सक्ने भएको छ।'

प्राविधिकहरुका अनुसार यो दमकलमा टाइमिङ गेयर र टाइमिङ चेन बिग्रिएको थियो। झण्डै छ वर्षको खोजीपछि अमेरिकामा भेटिएका यी सामान जडानपछि अहिले दमकल प्रयोग गर्न मिल्ने अवस्थामा आइपुगेको छ। 

प्राविधिकहरुका अनुसार यो दमकल प्रयोग गर्न सजिलो छ। छिटो आगो निभाउन सक्ने क्षमता भएकाले विगतमा यसले आगलागीका ठूला घटनाबाट मानववस्तीलाई जोगाएको छ। झण्डै लिलाम भइसकेको डेनिस दमकल महानगरका लागि उपहार हो।

दमकल बनाउनका लागि अहोरात्र खटिनु हुने मोहनप्रसाद नकर्मी लगायत सबैजना धन्यवादको पात्र हुन्। एक सय छ वर्षको यो दमकललाई ‘सम्पदा' दमकल भन्दा फरक पदैन। लिलाम हुनबाट जोगिएको यो दमकलको सरक्षण गर्नु हामी सबैको लागि खुशीको कुरा हो सबैलाई धन्यवाद।

प्रकाशित मिति: : 2023-07-14 11:36:00

प्रतिकृया दिनुहोस्