बङ्गलादेशमा इद उल–अधाको समयमा भएका सडक दुर्घटनामा २९९ जनाको मृत्यु

बङ्गलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल–अधा पर्वका क्रममा गत जुन २२ देखि जुलाई ६ सम्म भएका २७७ वटा सवारी दुर्घटनामा परी २९९ जनाको मृत्यु हुनुका साथै ५४४ जना घाइते भएका छन्।

यद्यपि, बङ्गलादेश जात्रा कल्याण समितिले पर्वका क्रममा हुने सडक दुर्घटनामा १५.१६ प्रतिशत, मृत्युदर ३३.११ प्रतिशत र चोटपटकमा ४२.२७ प्रतिशतले कमी आएको उल्लेख गरेको छ।

दक्षिण एशियाली मुलुकका राष्ट्रिय दैनिक पत्रिका, अनलाइन समाचार पोर्टल र विद्युतीय सञ्चारमाध्यममा आएका समाचारका आधारमा तथ्याङ्क सङ्कलन गरिएको सो संस्थाले जनाएको छ।

सङ्गठनका महासचिव मोजामेल हक चौधरीले राजधानी ढाकामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

यस अवधिमा सडक दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। जलमार्ग दुर्घटनामा परी १६ जनाको मृत्यु, १५ जना घाइते र छ जना बेपत्ता भएको यात्रु कल्याण मञ्चले जनाएको छ।

सरकारको निरन्तर प्रयासका कारण पशुबली दिएर यस बर्ष जुन २९ मा मनाइएको यस वर्षको पर्वमा बङ्गलादेशका सडक र राजमार्गको अवस्थामा तुलनात्मक रूपमा सुधार आएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: : 2023-07-09 05:53:00

प्रतिकृया दिनुहोस्