कालिकोटमा खोलाले बगाएर एक जना बेपत्ता

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

कालिकाेटकाे नरहरिनाथ गाउँपालिका- ४ स्थित भेरेगाड खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन्। शुक्रबार अपराह्न ४ बजेतिर खोला तर्ने क्रममा नरहरिनाथ- ५ रुप्साका ३६ वर्षीय धनबहादुर बोगटी बगेर बेपत्ता भएका हुन।

उनका आफन्त र प्रहरी चौकी कुमालगाउँका प्रहरीले शनिबार बेलुकीसम्म खोजी गर्दा फेला नपरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवराज बमले बताए।

उनकाअनुसार बगेको ठाउँबाट २ किमि टाढा उनले लगाएको ज्याकेटमात्र भेटिएको छ।

बेपत्ता भएका बोगटी नरहरिनाथ- ४ स्थित खलापाटा भेरेखोला सडक निर्माणको अन्तिम भुक्तानी लिन गाउँपालिकाको कार्यालय कुमालगाउँ जाने क्रममा खोलामा बगेका हुन्।

प्रकाशित मिति: : 2023-07-08 19:59:00

प्रतिकृया दिनुहोस्