बलिउडकी कैटरिना कैफ आफ्नो अभिनयका साथै फिटनेशको लागि पनि चर्चित छिन्। उनी इन्डस्ट्रीकी सबैभन्दा फिटनेश अभिनेत्रीमध्येकी एक हुन्।
बलिडकी अभिनेत्रीहरूले आफ्नो सौन्दर्य, फिटनेश र आहारको बारेमा उनीहरू सेयर गरिरहन्छन्। त्यसैले आज हामी ४० पुगिसकेकी कैटरीनाको फिटनेश र सुन्दरताको बारेमा चर्चा गर्नेछौँ।
उनी सधैं बिहान जगिङ जान्छिन्। त्यसो गर्नाले उनको शरीर एक्टिभ हुनका साथै अतिरिक्त कैलोरी बर्न गर्नमा मदत गर्दछ।
कैटरिनालाई स्वीमिङ गर्नमा रुची छ। उनी आफूलाई फिट राख्नका लागि स्वीमिङ गर्ने गर्छिन्। अरुलाई पनि उनी स्वीमिङ गर्न सुझाउँछिन्।
स्वीमिङका साथै उनी खानामा पनि उत्तिकै ध्यान राख्छिन्। उनी आफ्नो शरीर फिट राख्नका लागि डाइट फ्लो गर्छिन्। उनी डाइटमा सधै प्रोटिन, जटिल काब्र्स, फाइबर र हेल्दी खाना खान्छिन्।
रातको खानामा उनी बिना तेल र पाकेको तरकारी खान मनपराउँछिन्। उनी सलाख, दाल र हरियो तरकारी खान्छिन्। त्यसैले उनी अरुलाई पनि डाइट फ्लो गर्न सल्ला दिइरहन्छिन्।