महेश नेपाली
तातोपानी–४ गिडीखाेलाका मुकुन्द नेपालीले स्थानीय किशाेरीसँग भागेर गएकाे साता बिहे गरे।
२० वर्षीय मुकुन्दले उमेर नखुलेकी उनै किशाेरीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेकाे स्थानीयहरू बताउँछन्।
केटी पक्षले भनेअनुसार हाल उनीहरू बाँके जिल्लामा छन्। किशाेरीले मुकुन्दसँग भागेर घरजम गरेलगतै आफूहरू बाँके आएकाे आफन्तलाई फाेनमा भनेकाे बुझिएकाे छ।
मुकुन्द र किशाेरीले अन्तरजातीय विवाह गरेकाे चार दिन पछि 'दलित केटा'काे घरमा एक्कासी आगाे लागेकाे मुकुन्दका माइला दाइ भरत नेपालीले बताएका छन्।
'भाइले अन्तारजातीय बिहे गर्नु र त्यसकाे चार दिन पछि आगाे लाग्नु संयाेग नभएर याेजना हाे,' उनले भने, 'याे काम केटी पक्षका दाइले गराएकाे भनी किटानी दिने तयारी गरेका छाैँ।'
तीन तलाकाे घर जलेर पूरै नष्ट भएकाे हाँकु प्रहरी चाैकीका इन्चार्ज राजेन्द्र गिरीले बताएका छन्।
'घर आगलागी भएकाे कुरा जिल्ला प्रहरी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हाैँ,' उनले भने, 'क्षतिकाे विवरण निकाल्दैछाैँ। घटनाका अनुसन्धान भइरहेकाे।'
भिडियाे :
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया