'तेरो मामाकी छोरीको बिहे भएछ त वैशाखमा। चेलीलाई त सम्झनै छाडे गाँठे! फोनको दुनियाँ छ। पहिलेजस्तो लिन आउनु पर्ने होइन। एकचोटि 'हेलो' गरेको भए के जान्थ्यो त' आमा चामल केलाउँदै सुक्सुकाउनु भयो। आमाको निन्याउँरो मुखमुद्रा र रून्चे स्वरले म झसंग भएँ।
गर्न पनि मैले ठूलो गल्ती गरेको थिएँ। अक्षम्य गल्ती। अफिसमा भएको बेला मामाले फोन गर्नुभएको थियो। मेसेन्जरमा कार्ड पनि पठाउनु भएको थियो।
'कान्छी छोरीको बिहे हो, आमालाई जसरी पनि ल्याउनू है भान्जा' भन्दै लामै कुरा गर्नुभएको थियो मामाले।