निषेधित क्षेत्रमा प्रदर्शन गर्न खाेज्ने १६ जना मानव अधिकारकर्मी पक्राउ

शनि शाक्य

काठमाडौं

प्रहरीले काठमाडाैँकाे नयाँ बानेश्वरमा विराेध प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मी तथा शान्ति समाजको संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेकाे छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाहीकाे मागसहित विराेध प्रदर्शनमा उत्रिएका उनीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खाेजेपछि प्रहरीले पक्राउ गरेकाे हाे।

उनीहरुलाई नेपाल पुलिस क्लव भृकुटीमण्डपमा राखिएको छ।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-06-15 16:02:00

प्रतिकृया दिनुहोस्