आहा ! ढाेरपाटन (फाेटाे फिचर)

दिलचन पुन

रुकुम (पूर्व)

नेपालको एक मात्र वन्यजन्तु सिकार आरक्ष क्षेत्र हो, ढोरपाटन। सिकार खेल्नका लागि देशी-विदेशी पेशेवर सिकारीहरुको ओइरो लाग्छ यहाँ। यहाँ लिखित अनुमति लिएर तोकिएको समयमा, तोकिएको क्षेत्रमा जनावरको सिकार गर्न पाइन्छ। सिकारमा सौखिन विदेशी पर्यटकका लागि यो एक चर्चित गन्तव्य हो।

ढोरपाटनमा ३२ थरीका स्तनधारी वन्यजन्तु पाइन्छन्। १ सय ६४ प्रजातिका चराचुरुंगी। नाउर, झारल थार र हिमाली भालुलगायत दुर्लभ एवम् संरक्षित पन्क्षीहरु डाँफे, मुनाल, चिर आदिले याे क्षेत्रलाई आफ्नो आश्रयस्थल बनाइरहेको छन्।

बर्सायामको समय चारैतिर हरियाली डाँडाकाँडा छन्। बिचमा सम्म मिलेको ढोरपाटन फाँट छ। प्रकृतिसँग रम्नेहरुलाई ढोरपाटन पुग्न अहिले गज्जव मौसम छ। ढकमक्क फुलेका रङ्गिचङ्गी वनफूलको सौन्दर्यताले लौभ्याउँछ। फूलैफूलको चौरमा चरिरहेका घोडाहरु। दक्षिण पश्चिम् बगिरहेको उत्तरगङ्गा नदिको निश्चल पानी। पानीमा देखिने आफ्नै मुहारको छाया, पानीमा खेलिरहेका असला माछाहरु हेर्न पाइन्छ।

यहाँ देशका मुख्य सहरहरु काठमाडौं, पोखरालगायत विभिन्न ठाउँहरुबाट ढोरपाटन सजिलै पुगिन्छ। पोखराबाट मध्यपहाडी राजमार्गलाई पछ्याउँदै बस, गाडी वा बाइकमा पाँच घण्टामा बुर्तिबाङ पुगिन्छ। बुर्तिबाङबाट ढोरपाटनको ३० कि.मी. कच्ची बाटो जीप वा बाइकमा करिब दुई घण्टामा पुगिन्छ।

त्यसैगरी पश्चिम् क्षेत्रबाट पूर्वी (रुकुम)को टकशेराबाट ट्रेकिङ गर्दै पनि आउन सकिन्छ। ढोरपाटन सिकार आरक्षभित्र पर्ने भएकोले सिकार आरक्षको नियम पालना गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2023-06-14 09:47:00

प्रतिकृया दिनुहोस्