जुम्लामा नगरिकता विधेयकविरुद्धमा युवा संघ र अनेरास्ववियुकाे मशाल जुलुस

महेश नेपाली

काठमाडौं

राष्ट्रपति रामचन्द्र पाैडेलले नागरिकता विधेयक पारित गरेकाे विरुद्धमा एमालेनिकट अनेरास्ववियु र युवा संघ नेपालले मशाल जुलुस निकालेका छन्।

हालै भारतले लुम्बिनी र कपिलवस्तुलाई आफ्नाे भूभागमा गाभेर सार्वजनिक गरेकाे नयाँ नक्साले देशकाे सार्वभाैमिकतामाथि ठाडाे हस्तक्षेप गरेकाे भनि विराेध गरिएकाे छ।

अघिल्लो राष्ट्रपतिले फिर्ता पठाएकाे नागरिकता विधेयक संसदमा प्रस्तुत नै नगरि वर्तमान राष्ट्रपति पाैडेलले प्रमाणित गर्नु गैरसंवैधानिक भएकाे युवालसंघ नेपालका केन्द्रीय सदस्य हरिस राेकायाले बताए।

'भारतले हाम्राे ७१ ठाउँमा सिमा मिचेकाे छ। हालै हाम्राे भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक हुनु सार्वभौम देशमाथि नांगो हस्तक्षेप हाे,' उनले भने, 'यहीबेला राष्ट्रपतिले गैर संवैधानिक तवरबाट नागरिकता विधेयक प्रमाणित गर्नु भारतप्रतिकाे लम्पसार हाे।'

परमादेशबाट बनेकाे सरकारदेखि हालकाे अपवित्र गठबन्धनबाट जन्मिएको सरकार सबैले लम्पसारवादी काम गरेकाे हुँदा युवा विद्यार्थीहरु सडकमा आउनुपरेकाे युवा संघ नेपालकी केन्द्रीय सदस्य शारदा पछाईंले बताइन्।

उनले भनिन्, 'देशकाे सार्वभाैमिकता जाेगाउन हामी अग्रमाेर्चामा हुनेछौं। संघर्ष राेकिने छैन।'

इतिहासमा केपी ओलीले आँटगरेर सार्वजनिक गरेकाे चुच्चे नक्साले उठेकाे शिर झुकाउने काम वर्तमान सरकारले गरेकाे युवा संघ नेवालका कार्यवाहक अध्यक्ष कमलसिंह बुढथापाले बताए।

युवा, विद्यार्थीहरु निकालेकाे मशाल जुलुसमा भारतीय विस्तारवाद मुर्दावाद, रामचन्द्र पाैडेल मुर्दावाद, प्रचण्ड सरकार मुर्दावाद, कपिलवस्तु, लुम्बिनी हाम्राे हाे लगायतका नारा लगाइएकाे थियाे।

प्रकाशित मिति: : 2023-06-02 18:54:00

प्रतिकृया दिनुहोस्