बिएल संवाददाता
एसियाली विकास बैंक (एडीबी) ले श्रीलङ्काको आर्थिक स्थायित्व तथा पुनरुत्थानका लागि ३५ करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ।
बैंकले उक्त रकम ऋणस्वरुप प्रदान गर्ने निर्णय गरेको एडीबीले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
श्रीलङ्कालाई आर्थिक स्थायित्वका लागि बजेट सहयोग आवश्यक भएकाले विशेष नीतिमा आधारित भएर बैंकले ऋण रकम स्वीकृत गरेको हो।
यो ऋण कार्यक्रम अन्तरराष्ट्रिय मुद्रा कोषको विस्तारित कोष सुविधाले देशको अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न, आर्थिक पुनरुत्थान एवम् दिगो वृद्धिको आधार तयार गर्ने उद्देश्यले प्रदान गरेको वित्तीय सहायताको विस्तारित ‘प्याकेज’को हिस्सा भएको बैंकले जनाएको छ।
श्रीलङ्काले गम्भीर एवम् अभूतपूर्व आर्थिक सङ्कटको सामना गरिरहेको, उच्च मुद्रास्फीतिले क्रय शक्ति घटाएको तथा जीविकोपार्जन प्रभावित भएकाले ऋण सहयोग आवश्यक भएको स्पष्ट गरेको छ।
एडीबीका अध्यक्ष मासात्सुगु असाकावाले श्रीलङ्कामा गहिरिएको आर्थिक सङ्कट, विशेष गरी गरिब र कमजोर वर्ग र महिलाहरूमा पर्ने प्रभावका बारेमा चिन्तित रहेको उल्लेख गर्दै अहिलेको असहज अवस्थामा बैंक श्रीलङ्काली जनतासँग उभिन प्रतिबद्ध रहेको बताएका छन्।
श्रीलङ्काले आन्तरिक र बाह्य दुवै असन्तुलनका कारणहरूलाई सम्बोधन गर्न वित्तीय सुशासन, दिगो ऋण प्रक्षेपणमा फर्कन सुधारका काम सुरु गरेको जनाउँदै एडिबीले आर्थिक पुनरुत्थानको मार्गमा अघि बढ्न सुधारका कार्यक्रमको अक्षरसः कार्यान्वयन, राजस्व सङ्कलन वृद्धि, सार्वजनिक वित्तीय व्यवस्थापनको सुदृढीकरण, राज्यको स्वामित्वमा रहेका उद्यमहरूको कार्यसम्पादन सुधार, केन्द्रीय बैंकको स्वायत्तता र वित्तीय सुरक्षालगायत कार्यमा विशेष जोड दिन सुझाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया