 
                                            
                                        
                                     
                                प्रतिस्णा रेग्मी
 
                                १४औँ संस्करणको पुरुष साफ च्याम्पनसिप आगामी असार ८ गतेदेखि १८ गतेसम्म भारतमा हुँदैछ। भारतको बैंगलाेरस्थित श्रीकान्तीराभा रगंशालमा आयोजना हुने उद्घाटन खेलमा नेपाल र कुवेत तथा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। यस संस्करणमा ८ टोली सहभागी हुने छन्, जसमा आमन्त्रित टोलीको रुपमा कुवेत र लेबनानले पनि प्रतिस्पर्धा गर्ने छन्।
एसियाली फुटबल महासंघ (साफ)ले गत बुधबार साफ च्याम्पनसिपको ‘ड्र’ सार्वजनिक गरिसकेकाे छ। जसअनुसार नेपाल भारत, पाकिस्तान र कुवेतसहितकाे समूह ए मा परेकाे छ। भने, समूह बि मा भुटान, बंगालदेश, लेबनान र मालदिभ्स छन्। फिफाकाे प्रतिबन्धका कारण श्रीलंका यसपटक सहभागी हुन पाएन।
इतिहासमा नेपालले उत्कृष्ट प्रदर्शन गरेता पनि भारत तगाराे बन्दा च्याम्पियन बन्नबाट चुकेका उदाहरणहरु छन्। गत संस्करणमा पनि नेपालले फाइनलमा भारतसँग पराजित हुँदा उपविजेता चित्त बुझाउनु परेकाे थियाे।
कठिन समूहमा नेपाल
साफ च्याम्पनसिपको समूह ए मा नेपालसँगै भारत, पाकस्तिान र कुवेत रहेका छन्। साफले आमन्त्रित टोलीको रुपमा कुवेतलाई बोलाए पनि कुवेत नेपालभन्दा वरियताको स्थानमा निकै माथि रहेको छ। भने, भारत सधैंझै नेपालको तगारो बन्दै आइरहेको छ।
यसपटको साफ च्याम्पनसिपमा समूह ए को तुलनामा समूह बि सहज देखिन्छ। फिफा वरियतामा समूह ए मा रहेकाे भारत १०१औँ, कुवेत १४३औँ, नेपाल १७४औँ र पाकिस्तान १९५औँ स्थानमा छन्। वरियातको आधारमा पनि भारत र कुवेत नेपालभन्दा धेरै माथि छन्।
 नेपाल र भारतबीचको खेल भन्नसाथ सबैको चासोको विषय बन्ने गरेको छ। नेपाल र भारत कडा प्रतिद्वन्द्धी हुन्। गत संस्करणमा पनि फाइनलमा नेपाल र भारतबीच भेट भएको थियो, जहाँ भारतले नेपालमाथि ३-१ गाेलको सहज जित निकाल्दै च्याम्पियन बनेकाे थियाे। यसपटक नेपाल र भारत एउटै समूहमा परेका छन्। भारत मात्र नभई यसपटक कुवेतसमेत नेपालको लागि चुनाैति बनेकाे छ। नेपाल र कुवेतबीचको खेल हेर्न हो भने नेपाल कुवेतसँगको ९ खेलमा ८ पटक पराजित भएको छ। विगतकाे खेल हेर्ने हाे भने नेपाललाई यस पटकको साफ च्याम्पनसिप बन्न मुस्किल छ। यद्यपि, जितकाे लागि विगतकाे खेल हाेइन, वर्तमानकाे मिहेनतले आवश्यक छ।
नेपाल र भारतबीचको खेल भन्नसाथ सबैको चासोको विषय बन्ने गरेको छ। नेपाल र भारत कडा प्रतिद्वन्द्धी हुन्। गत संस्करणमा पनि फाइनलमा नेपाल र भारतबीच भेट भएको थियो, जहाँ भारतले नेपालमाथि ३-१ गाेलको सहज जित निकाल्दै च्याम्पियन बनेकाे थियाे। यसपटक नेपाल र भारत एउटै समूहमा परेका छन्। भारत मात्र नभई यसपटक कुवेतसमेत नेपालको लागि चुनाैति बनेकाे छ। नेपाल र कुवेतबीचको खेल हेर्न हो भने नेपाल कुवेतसँगको ९ खेलमा ८ पटक पराजित भएको छ। विगतकाे खेल हेर्ने हाे भने नेपाललाई यस पटकको साफ च्याम्पनसिप बन्न मुस्किल छ। यद्यपि, जितकाे लागि विगतकाे खेल हाेइन, वर्तमानकाे मिहेनतले आवश्यक छ।
नेपाली खेलाडीलाई प्रशिक्षणकाे लागि समय अभाव
साफ च्याम्पियनसिप सुरु हुन मात्रै २८ दिन बाँकी छ। तर, नेपाली राष्ट्रिय टाेली फुटबलले अहिलेसम्म तयारी सुरु नै गरेकाे छैन। खेलाडी अहिले सहित स्मारक ए डिभिजन लिगमा सहभागी छन्। गत फागुन १९ गतेदेखि काठमाडाैँमा सुरु भएकाे ए डिभिजन लिग २७ गतेसम्म चल्नेछ, जसकारण नेपाली टाेलीलाई तयारीकाे लागि समय अभाव हुने देखिन्छ।
नेपालले साफ च्याम्पनसिप खेल्नुअघि आगामी जेठ ३२ गते फिलिपिन्स्सँग मैत्रीपूर्ण खेल खेल्दैछ। जारी लिगकै कारणले गर्दा फिलिपिन्स्सँग हुने भनिएकाे मैत्रीपूर्ण खेलका लागि पनि तयारीसमेत गर्न सकेको छैन। फिलिपिन्स्सँगको मैत्रीपूर्ण खेल खेलेपछि बाँकी खेल लयमा आउने योजना राष्ट्रिय फुटबल टाेलीकाे छ। तर, तीन महिना जारी लिगका कारण साफ खेल्ने खेलाडीहरु चोटग्रस्त छन्। खेलाडीहरु चोटग्रस्त भएकै कारण साफ प्रभावित हुने सम्भावना बढेकाे छ।
नयाँ खेलाडीलाई अवसर
नेपाली राष्ट्रिय टाेलीका प्रशिक्षक भेन रेन्जो अल्बर्टो एनेसले घरेलु मैदानमा भएको थ्री नेसन कपमा चार नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यू गराएका थिए। लिग चरणको खेल लामो समयसम्म चलेको कारण अधिकांश खेलाडी साफका लागि तयार छैनन्।
 नेपालले १३औँ संस्करणको साफ च्याम्पनसिपको फाइनलमा पुग्ने आधाभन्दा बढी खेलाडी विदेश पलायन भएका छन्। आशालाग्दा खेलाडी र राष्ट्रिय खेलाडी नै चोटग्रस्त भएपछि प्रशिक्षकले साफका लागि नयाँ खेलाडीलाई अवसर दिने योजना छ।
नेपालले १३औँ संस्करणको साफ च्याम्पनसिपको फाइनलमा पुग्ने आधाभन्दा बढी खेलाडी विदेश पलायन भएका छन्। आशालाग्दा खेलाडी र राष्ट्रिय खेलाडी नै चोटग्रस्त भएपछि प्रशिक्षकले साफका लागि नयाँ खेलाडीलाई अवसर दिने योजना छ।
साफअघि फिलिपिन्स्सँग मैत्रीपूर्ण खेल
नेपालले साफ च्याम्पनसिपअघि फिलिपिन्स्सँग मैत्रीपूर्ण खेल खेल्ने छ। फिलिपिन्सको राजधानी मनिलामा नेपाल र फिलिपिन्सबीच आगामी जेठ २८ गते मैत्रीपूर्ण खेल हुँदैछ।
फिलिपिन्स्सँगको मैत्रीपूर्ण खेलपछि नेपालले साफका लागि लय बनाउन आँकलन गरेको छ। तर, तीन महिना चलिरहेको लामो ए डिभिजन लिगका कारण फिलिपन्ससँगको मैत्रीपूर्ण खेलका लागि समेत नेपालको प्रशिक्षणको समय छैन्।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया