बिएल संवाददाता
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका समस्या समाधानमा गम्भीर भएर लाग्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भदौ १० गते भएको घटनालाई नेपालमा पछिल्लो सय वर्षयताकै ठूलो विपत्तिका रूपमा उल्लेख गरे।
उनले उक्त घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे।
बेपत्ताको खोजी र घाइतेको उपचारलाई प्राथमिकता दिन पनि उनले सरकारसँग आग्रह गरे।
राईले सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै गम्भीर विषयमा सरकारले जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए।
उनले सरकारका गतिविधि स्पष्ट र गम्भीर नदेखिएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
उनले भने, 'सरकारलाई हाम्रो सल्लाह छ, यो केटाकेटी खेले जस्तो र लुकीछिपी गरे जस्तो पारा, गतिविधि भइरहेको छ कि, कम्तीमा विषय गम्भीर छ भने सिरियस्ली लाग्नुहोला। नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ, म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।'
त्यस्तै, मुलुकमा बढ्दो अभाव, भोकमरी तथा आत्मदाहका घटनाप्रति पनि उनले चिन्ता व्यक्त गरे। यस्ता समस्याका कारण सरकार र संसद्प्रति जनतामा नकारात्मक धारणा बन्ने अवस्था आउन नदिन सरकारले समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ थियो।
प्रतिपक्षमा रहे पनि जनताका समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको राईले बताए।
उनले जनताका आवाजलाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया