अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसैवर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वासिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताएका छन्।
गत नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तापछि केही महिनायता दुई देशबीचको सम्बन्ध बिग्रिएको स्वीकार्दै सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिएका छन्।
गत फेब्रुअरीमा वासिङ्टनले संयुक्त राज्य अमेरिकी आकाशमा उडिरहेको कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेर खसाल्ने निर्णय गरेपछि विश्वका दुई ठूला अर्थतन्त्रबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमणलाई यस घटनाका कारण रद्द गरिएको थियो।
जापानको हिरोसिमामा सम्पन्न जी–७ शिखर सम्मेलनपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा बाइडेनलाई अमेरिका र चीनबीच प्रस्तावित हटलाइन किन सञ्चालनमा नआएको भनी सोधिएको थियो।
'तपाईं सही हुनुहुन्छ, हामीसँग एक खुला हटलाइन हुनुपर्छ। बाली सम्मेलनमा राष्ट्रपति सी र मबीच कसरी भेट्ने र के गर्ने भन्नेबारे छलफल भएको थियो,' उनले पत्रकारहरूको प्रश्नमा सकारात्मक प्रतिक्रिया दिँदै भने।
एक अर्कासँग वार्ता गर्ने सन्दर्भमा सबै कुरा परिवर्तन भएको स्वीकार्दै उन भने, 'मलाई लाग्छ कि तपाईं देख्नुहुनेछ कि सम्बनधमा छिट्टै तरलता (सुधार) आउँछ।
अमेरिकी बाइडेन प्रशासनले सैन्य प्रयोगको जोखिमको हवाला दिँदै उन्नत माइक्रोचिप्सको व्यापारलाई लक्षित गरेर चीनलाई पनि चिढ्याएको छ।
जी–सेभेनका प्रमुख अर्थतन्त्र भएका मुलुकहरूले चीनलाई यस क्षेत्रमा सैन्य गतिविधिबारे चेतावनी दिएको एक दिनपछि राष्ट्रपति बाइडेनले आइतबार ती कदमको बचाउ गरेका छन्। उनले भने, 'दक्षिण चिनियाँ सागरमा उसले आफ्नो सेनाको उपस्थिति बढाएको छ छ र यसैकारण मैले यो स्पष्ट पारेको छु हामी चीनसँग केही वस्तुको व्यापार गर्न तयार छैनौं।
उनले चिनियाँ सामानमा लगाइएको प्रतिबन्धबारे भने, 'हामीले अहिले हाम्रा सबै सहयोगीहरूबाट प्रतिबद्धता प्राप्त गरेका छौं उनीहरूले पनि चीनसँग प्रतिबन्धित सामग्री खरिद गर्नेछन्।' 'तर यो शत्रुतापूर्ण कार्य होइन। यो त केवल सम्बन्धलाई पूर्ववत् कायम राख्न सक्दो प्रयास गर्ने एउटा कडी हो। हामी यो सुनिश्चित गर्न चाहन्छौं।