आइतबार, २६ अक्टोबर २०२५

कामिरिताले २७औँ पटक सगरमाथा चढेर बनाए विश्व कीर्तिमानी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
Gorkhapatra (File Photo)
• • •

कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा २७औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।

उनी साेमबार बिहान ८ : ३० बजे सगरमाथाकाे चुचुरोमा पुगेको नेपाल सरकारले खटाएका सम्पर्क अधिकृतले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

सन् १९९४ मा पहिलाे पटक सगरमाथाको चुचुराेमा पाइला टेकेका शेर्पाको २७औँ पटक आरोहणसँगै सर्वोच्च शिखर सगरमाथा आरोहणको इतिहासमा नयाँ कीर्तिमानी बनेकाे छ। उनी सगरमाथाकाे सबैभन्दा धेरै आराेहण गर्ने व्यक्ति बनेका छन्।

उनले यसअघि २६औँ पटक सगरमाथा आराेहण गरेर विश्व कीर्तिमानी बनाएका थिए। यद्यपि, उनकाे साे रेकर्ड तीन दिनअघि मात्रै अर्का आराेही पासाङ दावा शर्पाले बराबरी गरेका थिए।

त्यसलगत्तै कामिरिताले अर्काे एक पटक सगरमाथा चढेर नयाँ कीर्तिमानी बनाएका हुन्।

दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक हरिले दोहोर्‍याए मेरा पिक आरोहण

युद्धमा दुबै खुट्टा गुमाएका पूर्वगोर्खा सैनिकको सगरमाथा चुचुरो चुम्ने सपना

स्वीट्जरल्याण्डकाे विकास देखेर म त अचम्म परेँ: कीर्तिमानी आरोही सानु शेर्पा

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!