बिएल संवाददाता
कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा २७औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।
उनी साेमबार बिहान ८ : ३० बजे सगरमाथाकाे चुचुरोमा पुगेको नेपाल सरकारले खटाएका सम्पर्क अधिकृतले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।
सन् १९९४ मा पहिलाे पटक सगरमाथाको चुचुराेमा पाइला टेकेका शेर्पाको २७औँ पटक आरोहणसँगै सर्वोच्च शिखर सगरमाथा आरोहणको इतिहासमा नयाँ कीर्तिमानी बनेकाे छ। उनी सगरमाथाकाे सबैभन्दा धेरै आराेहण गर्ने व्यक्ति बनेका छन्।
उनले यसअघि २६औँ पटक सगरमाथा आराेहण गरेर विश्व कीर्तिमानी बनाएका थिए। यद्यपि, उनकाे साे रेकर्ड तीन दिनअघि मात्रै अर्का आराेही पासाङ दावा शर्पाले बराबरी गरेका थिए।
त्यसलगत्तै कामिरिताले अर्काे एक पटक सगरमाथा चढेर नयाँ कीर्तिमानी बनाएका हुन्।

एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया