गण्डकी प्रदेशमा दीपक मनाङेसहित ४ मन्त्री नियुक्त

File Photo
File Photo

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदको विस्तार गरेका छन्। शुक्रबार मुख्यमन्त्री पाण्डेले ४ जना मन्त्री नियुक्त गरेका हुन्।

नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ गरी ४ मन्त्री नियुक्त भएका हुन्।

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त भएका छन्। त्यसैगरी एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन्।

प्रकाशित मिति: : 2023-05-12 13:30:00

प्रतिकृया दिनुहोस्