बिएल संवाददाता
सामाजिक सञ्जालमा एउटा प्रश्न छ- ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु’ भन्ने ‘हाई प्रोफाइल’हरू उम्किएलान् ?
नेपाल प्रहरी स्रोतकाअनुसार सत्ता र पहुँचको आडमा ठगी आतंक मच्चाउनेहरू पालैपालो प्रहरी खोरमा पुग्दैछन्। अपराध कर्मामा जोडिएका कोही पनि व्यक्तिहरू छुट्नेवाला छैनन्। त्यसो त श्रीमती मञ्जु खाँण र बिचौलियाहरू प्रयोग गरेर करोडौँ रकम उठाएका पूर्व गृहमन्त्री बालकृष्ण खाँण बुधबार पक्राउ परेका छन्।
अर्का पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी यतिबेला फरार छन्। तर, ठगहरूबाट लाखौँ उठाएका उनका उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन्। भुटानी शरणार्थी प्रकरण मुख्य पात्र भनेर चिनिने तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेको एकहप्ता भइसक्यो। पाण्डेसहित तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र दर्जनभन्दा बढी बिचौलियाहरू अनुसन्धानको क्रममा हिरासतमै छन्।
अर्का तत्कालीन गृहसचिव प्रेमकुमार राई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री र तत्कालीन सचिव पाण्डे कानुनी कटघरा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त राई भने आफू उम्किनका लागि शक्तिकेन्द्र धाइरहेका छन्।
बरामद प्रमाण र हिरासतमा पुगेका बिचौलिया गिरोहका नाइकेहरूको बयानका आधारमा यो प्रकरणमा राईसमेत मुछिएका छन्। भुटानी शरणार्थी प्रमाणिकरण गर्ने विवादित समिति नै उनकाे याेजनमा बनाइएकाे थिए। तर, उनी अहिले ‘आफूलाई बचाइदिन आग्रह गर्दै’ राष्ट्रपति, उपराष्ट्रपति र प्रमुख प्रतिपक्ष दलको दैलोमा पुगिरहेको काठमाडौँ प्रहरी परिसर स्रोतले जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया