विमान उडानका क्रममा 'स्टन्ट' समेत देखाउँछन् पाइलट, ६ वर्षमा ६१ जना कारवाहीमा

लोकान्तर

काठमाडाैँ

पछिल्लो ६ वर्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ६१ जना पाइलटलाई कारवाही गरेको छ । नेपालमा वायुयान दर्ता भएको कम्पनी तथा जहाज उडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत पत्र प्राप्त पाइलटहरूमध्ये ६१ जनालाई यस अवधिमा कारवाही गरिएको हो । 

प्राधिकरणले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार सन् २०१८ मा १४ जना, सन् २०१९ मा ८ जना, सन् २०२० मा ७ जना, सन् २०२१ मा ६ जना, सन् २०२२ मा १० जना र सन् २०२३ मा १६ जना पाइलट कारवाहीमा परेका छन् ।

सन् २०१८ मा हेलिकप्टर 'ल्यान्ड' गर्ने बेलामा पंखा जमिनमा ठोकिएका कारण हेलिकप्टर 'रोटर स्ट्राइक'अन्तर्गत दुईजना पाइलटलाई कारवाही गरिएको थियो ।

प्रकाशित मिति: : 2023-05-07 18:14:00

प्रतिकृया दिनुहोस्