चितवनमा वन्यजन्तुको आक्रमण बढ्दो: नाै महिनमा ९ जनाकाे मृत्यु, २७ जना घाइते

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ।

उनीहरुलाई चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा आक्रमण गरेको हो। जसमा छ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन वन क्षेत्र मृत्यु भएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा एक जना बाघको आक्रमणबाट, दुई जना गैँडाको आक्रमणबाट, तीन जना हात्तीको आक्रमणबाट मृत्यु भएको छ भने, अन्य चार जनाको डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय नवलपुर, डिभिजन वन कार्यालय मकवानपुरका क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएको हो।

तिवारीका अनुसार डिभिजन वन क्षेत्रमा बँदेल, गैँडा, बाघलगायतका जनावरको आक्रमणबाट मृत्यु भएको थियो भने चालु आवमा गम्भीर घाइते १२ जना, सामान्य घाइते १५ जना भएको थिए। 

यसैगरी पशुधन क्षति एक सय २३ वटा, भण्डारण गरिएको अन्नको क्षति छ पटक, घरगोठमा क्षति १७ वटा, अन्नबालीमा क्षति दुई सय ४० पटक भएको  थियो। 

निकुञ्जले चालु आवमा क्षतिको राहतस्वरुप रु एक करोड ५० लाख ७१ हजार एक सय ११ रकम बुझाएको छ। 
 

प्रकाशित मिति: : 2023-04-30 11:01:00

प्रतिकृया दिनुहोस्